logo
२०८१ मंसिर १० सोमवार



दोस्रो टी ट्वान्टीमा भारतको इंग्ल्याण्डमाथि सात विकेटको जित

खेलकुद |


दोस्रो टी ट्वान्टीमा भारतको इंग्ल्याण्डमाथि सात विकेटको जित
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २ गते । भारतले इंग्ल्याण्डविरुद्धको दोस्रो टी ट्वान्टी खेल सात विकेटले जितेको छ । दोस्रो टी ट्वान्टीमा जितसँगै पाँच खेलको टी ट्वान्टी १–१ को बराबरीमा आएको छ ।
इंग्ल्याण्डले प्रस्तुत गरेको १६५ रनको लक्ष्य भारतले १७ ओभर पाँच बल खेलेर तीन विकेटको क्षतिमा १६६ रन बनाएर पुरा गर्यो । खाता नखोल्दै करण लोकेश राहुलको रुपमा पहिलो विकेट गुमाएको भारतका अर्का ओपनर ब्याट्सम्यान इशान किशनले ५६ रनको पारी खेलेर जितका लागि आधार तयार गर्नुभयो । भारतका लागि पहिलो पटक अन्तर्राष्ट्रिय स्पर्धा खेल्नुभएका किशनले आफ्नो डेब्यु खेलमै अद्र्धशतक लगाउनुभयो । कप्तान विराट कोहलीसँग किशनले ९४ रनको साझेदारी गर्नुभयो । कप्तान कोहलीले भने ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ७३ रन बनाएर अविजित रहनुभयो । ऋषभ पन्त २६ रन बनाएर पेभेलियन फर्किदा श्रेयास ऐयरले आठ रन बनाएर कोहलीसँगै अविजित रहनुभयो ।
इंग्ल्याण्डका लागि साम कर्रन, क्रिस जोर्डन र आदिल राशिदले एक एक विकेट लिनुभयो ।
त्यसअघि, अहमदाबादमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको इंग्ल्याण्डले २० ओभर खेलेर छ विकेटको क्षतिमा १६४ रनको औसत योगफल तयार गर्यो । इंग्ल्याण्डका लागि ओपनर जैसन रोयले सर्वाधिक ४६ रनको योगदान दिनुभयो । देविड मलानले २४, जोनी बैरिष्टोले २०, इयन मोर्गनले २८ तथा बेन्न स्टोक्सले २४ रनको योगदान दिनुभयो ।
भारतका लागि वाशिंगटन सुन्दर र श्रद्धुल ठाकुरले सामान दुई दुई तथा भुवनेश्वर कुमार र श्रद्धुल ठाकुरले सामान एक एक विकेट लिनुभयो । इशान किशन प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?