logo
२०८१ मंसिर १० सोमवार



श्रीलङ्काद्वारा श्रृखंला स्वीप

खेलकुद |


श्रीलङ्काद्वारा श्रृखंला स्वीप
तस्विर–गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २ गते । वेष्टइन्डिजले श्रीलङ्का विरुद्धको तेस्रो, अन्तिम तथा निर्णायक अन्तर्राष्ट्रिय एकदिबसीय खेल पाँच विकेटले जितेको छ । जितसँगै घरेलु टोलिले वेष्टइन्डिजले श्रीलङ्का विरुद्धको श्रृखंला स्वीप गरेको छ ।
श्रीलङ्काले प्रस्तुत गरेको २७५ रनको लक्ष्य वेष्टइन्डिजले खेल सकिन नौ बल बाँकी छँदा मात्र पाँच विकेटको क्षतिमा २७६ रन बनाएर पुरा गर्यो । वेष्टइन्डिजका लागि डारेन ब्राभोले शतकीय पारी खेलेर जितको आधार तयार गर्नुभयो । ओपनर साइ होपले ६४ रनको योगदान दिनुभयो । मध्यक्रममा क्यारन पोलार्डले ५३ रनको अविजित पारी खेलेर टोलिलाई जितसम्म पुर्याउनुभयो ।
श्रीलङ्काका लागि सुरङ्गा लकमलले सर्वाधिक दुई तथा हषरङ्गा डी सिल्भा, थिसारा परेरा र दनुष्का गुणतिलकाले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, नर्थ साउन्डमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको श्रीलङ्काले उत्कृष्ट सुरुवात गरेपनि १५१ रनमा छ विकेट गुमाउन पुग्यो । हषरङ्गा डी सिल्भाले सातौं विकेटका लागि अषेन बन्दारासँग १२३ रनको साझेदारी गर्नुभयो । डी सिल्भाले ८० तथा बन्दाराले ५५ रनको पारी खेल्नुभयो । हषरङ्गाले मात्र ६० बलको सामना गरेर सात चौका र तीन छक्का लगाउनुभयो । ओपनर दनुष्का गुणातिलकाले ३६ र दमुथ करुणारत्नेले ३१ रनको पारी खेल्नुभयो ।
वेष्टइन्डिजका लागि अकिल होस्सैनले सर्वाधिक तीन तथा अल्जारी जोसेफ र जैसन मोहम्मदले एक एक विकेट लिनुभयो ।
डारेन ब्राभो प्लेयर अफ द् म्याच र साइ होपले प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?