logo
२०८१ मंसिर १० सोमवार



मेस्सीको दुई गोलमा बार्सिलोनाको जित

खेलकुद |


मेस्सीको दुई गोलमा बार्सिलोनाको जित
तस्विर–गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत ३ गते । लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले होएस्कामाथि जित हात पारेको छ । स्पेनिस ला लिगा अन्तर्गत गए राति अबेर सम्पन्न खेलमा बार्सिलोनाले होएस्कामाथि ४–१ को सहज जित हात पार्यो ।
बार्सिलोनाको प्रतिनिधित्व गरी ७६७ औं खेलमा उपस्थित हुनुभएका मेस्सीले खेलको सुरुवातमै पहिलो गोल गरेर १–० को अग्रता दिलाउनुभयो । एन्टोनियो ग्रिजमनले ३५ औं मिनेटमा गोल थप्दा बार्सिलोनाले २–० को अग्रता लियो । तर पहिलो हाफको थपिएको समयमा होएस्काले पाएको पेनाल्टीलाई राफा मिरले गोलको दिशा दिदै खेल २–१ को स्थितिमा ल्याउनुभयो ।
दोस्रो हाफको सुरुवातमै औसकार मिनगुएजाले गोल थप्दा बार्सिलोनाले अग्रतालाई फराकिलो बनायो । खेल सकिनै लाग्दा फरवार्ड लियोनल मेस्सीले आफ्नो दोस्रो गोल पूरा गर्दा बार्सिलोनाले ४–१ को सहज जित सुनिश्चित गर्न सफल भयो ।
जितसँगै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ । शीर्षस्थानको एटलेटिको मड्रिडको ६३ अङ्क छ । एटलेटिको भन्दा ऊ चार अङ्कले पछाडि छ । तेस्रो स्थानको रियल मड्रिडको ५७ अङ्क छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?