logo
२०८१ मंसिर १० सोमवार



वल्भ्सका गोलरक्षक रोइ पैत्रिसियो खेलकै क्रममा मूर्छित भए

खेलकुद |


वल्भ्सका गोलरक्षक रोइ पैत्रिसियो खेलकै क्रममा मूर्छित भए
तस्विर–गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ३ गते । वल्भ्सका गोलरक्षक रोइ पैत्रिसियो लिभरपुल विरुद्धको खेलको क्रममा मूर्छित हुनुभएको छ । लिभरपुल विरुद्धको खेल वल्भ्सले १–० को हार बेहोरेको हो ।
कप्तान कोनोर कोएडीसँग ठोक्किन पुग्दा पैत्रिसियो मूर्छित हुन पुग्नुभयो । वल्भ्सका फरवार्ड रौल जिमेनेजले गत नोभेम्बरमा आर्सनल विरुद्धको खेलमा उहाँकाे टाउकोमा गम्भीर चाेट लागेकाे थियाे ।
वल्भ्सका प्रशिक्षक नुनो एस्पिरिटोले पैत्रीसियो खेलकै क्रममा मूर्छित हुन पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाल उहाँको अवस्था सुध्रिदो छ, ठोकिएको क्षण उहाँलाई याद छ ।”
लिभरपुलका फरवार्ड मोहम्मद सलहले गोलका लागि गर्नुभएको प्रयास अफसाइडमा परिणत हुँदै गर्दा पैत्रिसियोले रक्षा गर्ने क्रममा कप्तान कोएडीको घुँडाले ठोक्किन पुग्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?