गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ५ गते । बेर्यान म्युनिक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा लाजियोलाई हराएर बेर्यान म्युनिक क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।
पहिलो लेग ४–१ ले जितेको बेर्यान म्युनिकले दोस्रो लेगमा लाजियोलाई २–१ ले जितेको हो । पहिलो हाफमा रोबर्ट लेवान्डोस्कीले पहिलो गोल गर्दै १–० को अग्रता दिलाउनुभयो । फ्रान्सेस्को एर्केबीले लियोन गोरेज्कालाई लडाउँदा बेर्यान म्युनिकले पेनाल्टीको अवसर पायो । उक्त अवसरलाई लेवान्डोस्कीले गोलमा परिणत गर्नुभयो ।
विस्थापित खेलाडी एरिक मैक्जिम चौपो मुटिङले ७३ औं मिनेटमा गोल गर्दा बेर्यानले अग्रतालाई दोब्बर बनायो । तर ८२ औं मिनेटमा लाजियोका लागि मार्को परोलोले गोल गर्दै खेल १–२ को स्थितिमा ल्याए पनि प्रतियोगिताबाट बाहिरिएको परिणामलाई टार्न सक्नुभएन ।