गोरखापत्र अनलाइन
काठमाडौं, चैत ६ गते । तमीम इकवालले न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टी श्रृखंला नखेल्ने हुनुभएको छ । अन्तर्राष्ट्रिय एकदिवसीय श्रृखंलापछि बङ्गलादेशले न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टी खेल्नेछ ।
बङ्गलादेशको अन्तर्राष्ट्रिय एकदिवसीय टोलिका कप्तान समेत रहनुभएका तामिम इकवालले ब्यक्तिगत् कारणले टी ट्वान्टी खेल्न नसक्ने बताउनुभएको हो । उहाँले आफ्नो निर्णयबारे प्रमुख प्रशिक्षक रस्सैल डोमिंगो र चयनकर्ता समितिका प्रमुख मिनहजुल अबेदिनलाई जानकारी गराउनुभएको बताइएको छ ।
बङ्गलादेश चयनकर्ता समितिले हालसम्म टी ट्वान्टी श्रृखंलाका लागि टोलिको घोषणा गरेको छैन । मार्च २६ मा अन्तर्राष्ट्रिय एकदिबसीयको अन्तिम खेल हुनेछ । मार्च २८ मा बङ्गलादेशले पहिलो टी ट्वान्टी खेल्नेछ । तामिम इकवालले बङ्गलादेशका लागि ७४ अन्तर्राष्ट्रिय एकदिवसीय खेल्नुभएको छ । उहाँ बङ्गलादेश क्रिकेट टोलीमा सर्वाधिक ब्यक्तिगत रन बनाउने ब्याट्सम्यान हुनुहुन्छ ।