logo
२०८१ मंसिर १० सोमवार



नेपाल सुपर लिगको अक्सन हुँदै

खेलकुद |


नेपाल सुपर लिगको अक्सन हुँदै


गोरखापत्र अनलाइन
काठमाडौं, चैत ६ गते । नेपालमा फुटबल खेलतर्फ पहिलो पटक हुन लागेको सुपर लिग फुटबलका लागि खेलाडीको ‘अक्सन’ सुरु भएको छ । अखिल नेपाल फुटबलको प्राविधिक सहयोगमा बैशाख ११ गतेबाट सुरु हुने नेपाल सुपर लिग फुटबलका लागि खेलाडी लिलामी प्रकृया सुरु भएको हो ।
काठमाडौंमा सुरु भएको खेलाडी लिलामीमा कुल १४९ जना खेलाडी सहभागी भएका छन् । यसअघि एन्फाले १५८ जना खेलाडीको सूची सार्बजनिक गरेपनि केही खेलाडी मार्कीको रुपमा आबद्ध भएपछि उक्त संख्या १४९ जनामा सीमित भएको हो । अक्सनमा श्रेणी ए का २८, श्रेणी बी का ६३ तथा श्रेणी सी का ५८ खेलाडी बिक्रीका लागि राखिएको छ ।
सुपर लिगमा सहभागी हुने सात वटै फ्रेञ्चाइज अक्सनमा सहभागी भएका छन् । प्रत्येक फ्रेञ्चाइजले श्रेणी ए का कम्तीमा तीन जना, श्रेणी बी का कम्तीमा चार र बढीमा छ जना तथा श्रेणी सी का कम्तीमा पाँच र बढीमा सात जना खेलाडी किन्न पाउनेछन् ।
अक्सनमा विराटनगर सिटी एफसी, चितबन एफसी, ललितपुर सिटी, काठमाडौं रेजर्स, पोखरा थन्डर्स, बुटवल लुम्बिनी र धनगढी एफसी सहभागी भएका छन् । नेपाल सुपर लिगको अक्सनमा सबैभन्दा पहिला बिक्री हुने खेलाडी श्रेणी बी का अशोक थापा हुनुभएको छ । २३ वर्षीय मिडफिल्डर थापालाई विराटनगर सिटी एफसीले ५० हजारमा खरिद गरेको हो ।
सुपर लिगले ए श्रेणीको खेलाडीको न्यूनत्तम मूल्य एक लाख निर्धारण गरेको छ । अधिकत्तम दुई लाख रुपियाँ हुनेछ । बी श्रेणीका खेलाडीको न्यूनत्तम मूल्य पचास हजार र अधिकत्तम एक लाख २० हजार तथा सी श्रेणीका खेलाडीको न्यूनत्तम मूल्य २० हजार र अधिकत्तम ७५ हजार रुपियाँ निर्धारण गरिएको छ ।
ए श्रेणीमा रहनुभएका तेज तामाङका लागि फ्रेञ्चाइजका सात टोलीमध्ये छ ललितपुरबाहेकका छ वटै टोलीले खरिद गर्न इच्छा देखाएका थिए । यद्यपि तामाङ लक्की ड्रबाट काठमाडौं रेन्जर्सको पोल्टामा पर्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?