logo
२०८१ बैशाख ८ शनिवार



यूरोपा लिग क्वार्टरफाइनल : म्यान्चेष्टर यूनाइटेडले ग्रनाडाको सामना गर्ने

खेलकुद |
फुटबल |


यूरोपा लिग क्वार्टरफाइनल : म्यान्चेष्टर यूनाइटेडले ग्रनाडाको सामना गर्ने
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ७ गते । यूरोपा लिग फुटबलको क्वार्टरफाइनलमा म्यान्चेष्टर यूनाइटेडले ग्रनाडाको सामना गर्नेछ । आर्सनलले स्लाभिया परागको सामना गर्ने तय भएको छ ।
एजाक्सले इटाली क्लब रोमाको सामना गर्नेछ । शुक्रबार सार्बजनिक भएको ड्र बमोजिम डिनामो जग्रेबले भिल्लारलको सामना गर्नेछ । सेमिफाइनलमा ग्रनाडा र म्यान्चेष्टर यूनाइटेडबीचको विजेताले एजाक्स र रोमाबीचको विजेताको सामना गर्ने समीकरण बनेको छ । ८ र १५ अप्रिलमा दुई लेगमा हुने क्वार्टरफाइनलका खेल हुनेछन् । सेमिफाइनल खेल भने २९ र ६ मईमा हुनेछ ।
ड्र बमोजिम म्यान्चेष्टर यूनाइटेड र आर्सनलको भेट फाइनलमा हुन सक्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?