logo
२०८१ मंसिर ११ मंगलवार



नकआउटका फुटबल प्रतियोगिताको उपाधि तीन पोखरी युवा क्लवलाई

खेलकुद |


नकआउटका फुटबल प्रतियोगिताको उपाधि तीन पोखरी युवा क्लवलाई


कैलाश लामा
चरिकोट, दोलखा, चैत २१ गते । दोलखा जिल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि तीन पोखरी युवा क्लव लादुकले हात पार्न सफल भएको छ। शनिबार भएको फाइनल खेलमा राजहिटि क्लब दोलखालाई दुई गोलको बिरुद्ध पाँच गोल गर्दै तीन पोखरी युवा क्लबले उपाधी हात पार्न सफल भएको हाे।
विजेता टिमलाई सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले २५ हजार रुपियाँ नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो । त्यसैगरी द्वितीय भएका राजहिटि क्लब दोलखालाई १० हजार रुपियाँ नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा प्रथम हुने टिम अर्को वर्ष हुने जिल्ला लिग फुटबलमा सहभागी हुन पाउनेछन् । समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदैन मन्त्री गुरुङले खरीढुङ्खा खेल मैदानलाई राष्ट्रिय स्तरको प्रतियोगिता गर्न मिल्ने खेल मैदान बनाउन सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
उहाँले समुन्द्री सतहबाट करिब २६ सय मिटरको उचाइमा अवस्थित खरिढुङ्गामा हाई अल्टिच्यूड खेल मैदान निर्माण गरेेमा छुट्टै विशेषता रहने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरी शेर्पाले दोलखाले खेलकूदको माध्यमबाट पनि पर्यटन प्रर्वद्धन गर्नेुपर्ने बताउनुभयो ।
खरिढुङ्गामा हाई अल्टिच्यूड खेल मैदान निर्माण गर्न सकिने बताउदै उहाँले भन्नुभयो ‘अहिले ठूला ठूला रंगशालाहरु शहर केन्द्रित भईरहेका छन् । तर अबको केहि वर्षपछि शहरी कोलाहलबाट मुक्त ठाउँमा खेलकूदको रौनक बढ्ने र दर्शक पनि आकर्षित हुनेछन् ।’
दोलखा जिल्ला फुटबल संघको आयोजनामा भीमेश्वर नगरपालिका वडा नम्बर –९ खरिढुङ्गामा भएको प्रतियोगितामा पाँच टिमको सहभागीता थियो।खेल बुधबारदेखि सुरुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?