logo
२०८१ मंसिर १० सोमवार

  दृश्य समाचार  



बलिया राष्ट्रसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न आतुर छाैं : कप्तान मल्ल

खेलकुद |


बलिया राष्ट्रसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न आतुर छाैं :  कप्तान मल्ल


इश्वरचन्द्र झा / दृश्यमा मनाेजरत्न शाही, केशब गुरूङ्ग

काठमाडाैं, बैशाख १३ गते । राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेपालभन्दा बलिया राष्ट्रसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न आतुर रहेको बताउनुभएको छ । उहाँले बलिया राष्ट्रसँग खेल्दा टोलीको प्रदर्शनको स्तर सुध्रिनुका साथै सिक्ने पर्याप्त अबसर समेत पाउने बताउनुभयो ।


नेपालले मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी ट्वान्टीको उपाधि जितेपछि गोरखापत्र अनलाइनसँगको अन्तवार्तामा उहाँले साना साना गल्तीलाई सुधार्दै जाँदा नेपाल हालको अवस्थासम्म पुगेको खुलाउनुभयो । “कुनै एक तत्व मात्रै निर्णायक नभई समग्र टोलिको स-साना गलतीलाई सुधार्दै जाँदा प्राप्त भएको परिणाम हो यो ।”–उहाँले बताउनुभयो ।
कप्तान मल्लले आईसीसीले एशोसिएट राष्ट्रबीच टेष्ट खेल्ने नीतिमाथि छलफल गरिरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय एकदिबसीय र ए श्रेणिको क्रिकेटका लागि घरेलु पूर्बाधार र लिगको ब्यवस्था गर्नुपर्ने जिकिर गर्नुभयो । “आईसीसीको बहस स्वागत योग्य छ तर हामी पाँच दिनसम्म खेल्न सक्छौं या छैनौं, त्यो पनि हेर्नुपर्ने हुन्छ, यसका लागि घरेलु स्तरमा त्यस प्रकारको क्षमता विकास गरिनु जरुरी छ ।”– उहाँले थप्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?