गोरखापत्र अनलाइन
काठमाडौं, असार २५ गते । विम्बलडनको उपाधिका लागि शीर्ष वरीयताकी आश्ले बार्टीले चेक रिपब्लिककी आठौं वरीयताकी करोलिना लिसकोभाको सामना गर्नुहुने भएको छ । अष्ट्रेलियाकी बार्टीले साबिक विजेता एञ्जेलिक कर्बेरलाई ६–३, ७–६(७–३) को सेटमा हराउनुभयो ।
बार्टी र करोलिनको यो अल इंग्ल्याण्ड क्लबमा पहिलो फाइनल खेल हो । दुबैजनाले यसअघि सात पटक एक अर्काको सामना गरेका छन् । बार्टीले भने पाँच अबसरमा जित्नुभएको छ । यसै वर्षको सुरुवातमा दुबैजनाले स्टुटगार्टमा क्वार्टरफाइनलमा एक अर्काको सामना गरेका थिए । पहिलो सेट हारेर पनि बार्टीले क्वार्टरफाइनलमा जित हात पार्नुभएको थियो ।
करोलिनको यो दोस्रो ग्रान्ड स्लाम फाइनल हो । सन् २०१६ को यूएस ओपनको फाइनलमा उहाँले हार बेहोर्नुभएको थियो ।