logo
२०८१ मंसिर १० सोमवार



जोकोभिचले २० औं ग्रान्ड स्लाम जिते

खेलकुद |


जोकोभिचले २० औं ग्रान्ड स्लाम जिते
तस्विर–यूएसए टुडे स्पोर्ट्स


गोरखापत्र अनलाइन
काठमाडौं, असार २८ गते । नोभाक जोकोभिचले आफ्नो २० औं ग्रान्ड स्लाम जित्नुभएको छ । विम्ब्ल्डन ओपनको पुरुष एकलतर्फको फाइनलमा जोकोभिचले मट्टेओ बेर्रेटिनीलाई हराउँदै टेनिसका महान खेलाडी रोजर फेडेरर र राफल नाडलको २० ग्रान्ड स्लाम जित्ने कीर्तिमानको बराबरी गर्नुभएको छ ।
जोकोभिचले मट्टेओलाई ६–७(४) ६–४ ६–४ ६–३ ले हराउनुभयो । शीर्ष वरीताका जोकोभिचले अल इंग्ल्याण्ड क्लबमा तेस्रो च्याम्पियनशीप जित्नुभएको छ । जितपछि सर्बियाका ३४ वर्षीय जोकोभिचले आफ्ना सहखेलाडी रोजर फेडेरर र राफल नाडलप्रति सम्मान प्रकट गर्दै उहाँहरु दुबै जना खेल जगतका महान रहेको प्रतिक्रिया दिनुभयो ।
जोकोभिचले विम्ब्ल्डन ओपन जितेर फेडेरर र नाडलको कीर्तिमानको बराबरी गरे लगत्तै फेडेररले बधाई दिनुभयो । सन् १९६९ मा रड लाभेरपछि एकै संस्करणमा तीन प्रमुख प्रतियोगिता जित्ने नोभाक जोकोभिच पहिलो टेनिस खेलाडीको कीर्तिमान बनाउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?