गोरखापत्र अनलाइन
काठमाडौं, साउन १३ गते । अमेरिकी जिम्नाष्ट एवम् चार पटकको ओलम्पिक स्वर्ण विजेता सिमोन बाइल्सले बिहीबारका लागि निर्धारित एकल अलराउन्ड फाइनलबाट नाम फिर्ता लिनुभएको छ । बाइल्स अमेरिकी जिम्नाष्ट इतिहासकै अहिलेसम्मकै सबैभन्दा सफल खेलाडी हुनुहुन्छ । मानसिक स्वास्थ्यमाथि केन्द्रित हुन आफूले नाम फिर्ता लिएको बाइल्सले बताउनुभएको छ ।
मङ्गलबार उहाँले महिला फाइनलको स्पर्धाबाट नाम फिर्ता लिनुभएको थियो । अमेरिकी ओलम्पिक टोलीका प्रमुख तथा सहकर्मीले बाइल्सले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्ने गरेको निर्णयलाई सम्मान गरेका छन् । अमेरिकी जिम्नाष्टले सिमोनको स्थिति मूल्याङ्कन र नियमित परीक्षण जारी राखेर आगामी साता हुने एकल विधाको फाइनलमा सहभागी हुने स्थिति रहे÷नरहेको तय गरिने जनाएको छ ।