logo
२०८१ मंसिर १० सोमवार



नश्लभेदी टिप्पणीपछि जर्मनीका ‘साइक्लिङ’ प्रमुख ओलम्पिकबाट घर पठाइदै

खेलकुद |


नश्लभेदी टिप्पणीपछि जर्मनीका ‘साइक्लिङ’ प्रमुख ओलम्पिकबाट घर पठाइदै
तस्विर–रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १४ गते । जर्मनीको साइक्लिङ्ग टोलिका निर्देशक टोकियो ओलम्पिकबाट घर पठाइन लागेको छ । पुरुष साइक्लिस्टको परीक्षणको क्रममा अफ्रिकी साइक्लिस्टमाथि नश्लभेदी टिप्पणी गरेपछि उहाँलाई घर पठाउन लागिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जर्मनीको राष्ट्रिय ओलम्पिक निकायले बिहीबार पैट्रिक मोस्टर जर्मनीको साइक्लिङ टोलिको निर्देशकको रुपमा नरही छिट्टै घर जान लागेको जनाएको छ । ५४ वर्षीय निर्देशक मोस्टरले बुधबार एक टेलिभिजन अन्तवार्ताको क्रममा नश्लभेदी टिप्पणी गर्नुभएको बताइएको छ ।
जर्मनीको ओलम्पिक निकायले मोस्टरले ओलम्पिकको मूल्य मान्यताको उल्लघंन गरेको निष्पक्ष खेल, सम्मान र सहिष्णुतामाथि जर्मनीको टोलिले सम्झौता गर्न नसक्ने स्पष्ट गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?