गोरखापत्र अनलाइन
काठमाडौं, साउन १४ गते । अमेरिकी विश्व च्याम्पियन साम केन्ड्रिक्स ओलम्पिकमा आफ्नो खेल गुमाउने हुनुभएको छ । उहाँमा कोरोना पोजेटिभ देखिएको छ ।
समाचार संस्था अलजजिराले उहाँको पिताले सामाजिक सञ्जालमा केन्ड्रिक्सको परीक्षणमा कुनै लक्षण नदेखिएपनि कोभिड १९ पोजेटिभ आएको र प्रतियोगिताको बाँकीको खेल गुमाउने उल्लेख गरेको जनाएको छ । अमेरिकी ओलम्पिक र पाराओलम्पिकले उक्त समाचारको पुष्टि गर्दै केन्ड्रिक्सलाई एक होटेलमा आइसोलेशनमा राखिएको जनाएको छ ।
टोकियो ओलम्पिक आउन अधिकार प्राप्त अधिकारी तथा खेलाडीमध्ये १९३ जनामा हालसम्म कोभिड–१९ पोजेटिभ पाइएको आयोजकले बुधबार जनाएको छ । सङ्क्रमित खेलाडीको नाम भने खुलाइएको छैन् ।
केन्ड्रिक्स पोल भौल्टमा दुई पटक विश्व च्याम्पियन हुनुभएको छ ।