logo
२०८१ मंसिर १० सोमवार



१३ वर्षपछि भारतलाई ओलम्पिकमा स्वर्ण

खेलकुद |


१३ वर्षपछि भारतलाई ओलम्पिकमा स्वर्ण
तस्विर-रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २३ गते । भारतले १३ वर्षपछि ओलम्पिकमा पहिलो स्वर्ण जितेको छ । भारतका लागि जाभेलिन थ्रो(भाला फ्याँक्ने) स्पर्धामा नीरज चोपराले स्वर्ण पदक दिलाउनुभएको हो । यसअघि सन् २००८ को वेइजिङ्ग ओलम्पिकमा भारतका लागि अभिनव बिन्द्राले स्वर्ण पदक दिलाउनुभएको थियो । एथलेटिक्समा भारतको यो पहिलो स्वर्ण हो ।
भारतका लागि टोकियो ओलम्पिक सबैभन्दा सफल ओलम्पिक यात्रा रहन गएको छ । टोकियो ओलम्पिकको शनिबारको खेलमा भारतको तर्फबाट नीरज अन्तिम स्पर्धी हुनुहुन्थ्यो । नीरजले स्वर्ण जितेसँगै भारतले टोकियो ओलम्पिक यात्रा एक स्वर्ण, दुई रजत र चार काँस्यसहित सात पदक लिएर टुंग्याएको छ ।
यसअघि भारतले सन् २०१२ को लण्डन ओलम्पिकमा छ पदक जितेको थियो । तर भारतको लण्डन ओलम्पिक यात्रा स्वर्णबिहीन बन्न पुगेको थियो । भारतले सबैभन्दा बढी विधामा पदक जितेको यो पहिलो ओलम्पिक हो । कुस्ती, भारत्तोलोन, ब्याडमिन्टन, बक्सिङ्ग, हकी र भाला फ्याँक्ने गरी छ विधामा भारतले सात पदक हात पारेको छ ।
हरियाणा राज्यको पानीपत नजिकैको एक गाउँमा किसान परिवारमा जन्मिनुभएका २३ वर्षीय चोपरा ओलम्पिकमा भारतको सबैभन्दा कान्छो स्वर्ण विजेताको कीर्तिमान समेत बनाउनुभएको छ । नीरज चोपराले दोस्रो राउन्डमा ८७.५८ मिटरको दूरीमा भाला फ्याँक्नुभयो । कुल १२ स्पर्धी रहेको दोस्रो राउन्डमा अन्य कुनै पनि स्पर्धी उहाँको दूरी नजिक पुग्न सकेनन । चेक रिपब्लिकका ज्याकूब रजत पदक जित्नुभयो । टोकियो ओलम्पिक चोपराको डेब्यु अन्तर्राष्ट्रिय स्पर्धा थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?