गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २ गते । यस संस्करणको जापानी ग्रान्ड प्रिक्स रद्द भएको छ । ग्रान्ड प्रिक्स ८ देखि १० अक्टोबरसम्मका लागि निर्धारण भएको थियो ।
जापानमा कोरोनाभाइरस सङ्क्रमित बढेपछि ग्रान्ड प्रिक्स रद्द गरिएको फरमूला वानले जनाएको छ । फरमूला वानले एक वक्तब्य जारी गरी भनेको छ, “जापान सरकारको निर्णयमा ग्रान्ड प्रिक्स रद्द भएको हो ।”
अष्ट्रेलिया, चीन, क्यानाडा र सिंगापुरले यसअघि नै यस संस्करणको ग्रान्ड प्रिक्स रद्द गरिएको छ । सुरुमा रद्द गरिएको टर्कीश ग्रान्ड प्रिक्स भने पछि सुचारु गरिने निर्णय गरिएको छ ।