logo
२०८१ मंसिर ९ आईतवार



एम्मा राडुकानुले यूएस ओपन जित्नुभयो

खेलकुद |


एम्मा राडुकानुले यूएस ओपन जित्नुभयो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । एम्मा राडुकानुले यूएस ओपन टेनिसको महिला एकलतर्फको उपाधि जित्नुभएको छ । उपाधि जित्दै एम्माले महिला एकल तर्फ बेलायतको ४४ वर्षको पर्खाइ अन्त्य गर्नुभएको छ ।
१८ वर्षीया राडुकानुले न्युर्योकमा सम्पन्न खेलमा क्यानाडाकी १९ वर्षीया लेलाह फर्नान्डेजलाई ६–४ ६–३ ले हराउनुभएको हो । उहाँले ग्रान्ड स्लाम जित्नुहुने बेलायतको सबैभन्दा कम उमेरको खेलाडीको कीर्तिमान बनाउनुभएको हो । विश्वकै उहाँ दोस्रो सबैभन्दा कम उमेरमा ग्रान्ड स्लामा उपाधि जित्ने कीर्तिमान समेत बनाउनुभएको छ । यसअघि मारिया सारापोभाले सन् २००४ को विम्ब्ल्डन जित्दा राडुकानुभन्दा कम उमेरको हुनुहुन्थ्यो । त्यसैगरी, उहाँले सन् २०१४ मा सेरेना विलियम्सले यूएस ओपन जिते यता पहिलो पटक लगातार सबै खेल जितेर उपाधि चुम्न सफल हुनुभएको हो ।
जितसँगै राडुकानुले १८ लाख पाउन्ड पाउनेहुनु भएको छ । उहाँले विश्व वरीयतामा २३ औं स्थानमा उक्लिनुभएको छ । सोमबार नै उहाँ बेलायतको वरीयतामा शीर्ष स्थानमा उक्लिनुहुनेछ ।
यसअघि सन् १९६८ मा बेलायतकी भर्जिनिया वाडेले यूएस ओपन महिला तर्फको उपाधि जित्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?