काठमाडौँ, कात्तिक ६ गते । मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता–२०७८ को पहिलो दिन त्रिभुवन आर्मी क्लब र भनिमण्डल स्पोर्टिङ क्लबले जित हात पारेका छन् ।
दशरथ रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मीले फुटबल फेलोसिप क्लबलाई ७–१ ले सजिलै पराजित गर्यो । आर्मी क्लबका लािग विकर्ण श्रेष्ठले ह्याट्रिक गर्नुभयो । अन्य गोल हरि महतो, .राजु तामाङ, जनमत कार्की र चक्र तामाङले गर्नुभयो । फेलोसिपबाट भएको सान्त्वना गोल नन्दनाथ खड्गीको नाममा रह्यो ।
यसैगरी, भनिमण्डलले न्युरोड टिम –एनओरटी)लाई २–० ले हराएर विजयी सुरुआत गर्यो । भनिमण्डलका लागि विजय श्रेष्ठ र कृष्ण मालाकारले गोल गर्नुभयो ।
फ्रेन्ड्स क्लब र एसएनकेसीबीचको खेल २–२ ले बराबरमिा सकियो । खेलको पाँचौँ मिनेटमा नै तेज थापाको गोलबाट फ्रेन्ड्सले अग्रता बनाएको थियो । खेलको ३२ औँ मिनेटमा बालगोपालले बारबरी गोल गर्नुभयो ।त्यसप िछराजेश शाहीको गोलको सहयोगमा एसएनकेसी अगाडि भयो तर खेलको ५५ औँ मिनेटमा मनोज लामाले गोल गरी खेल बराबर गर्नुभयो ।