logo
२०८१ मंसिर ९ आईतवार



आईओएफटीसीको १३ औँ संस्करण मिचिगनमा हुने

खेलकुद |


आईओएफटीसीको १३ औँ संस्करण मिचिगनमा हुने


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १२ गते । अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १३ औं संस्करण अमेरिकाको मिचिगनमा मे १३ देखि १४ तारिखसम्म हुने भएको छ ।

आईओएफटीसीको प्रायोजनमा मिचिगनको एभरेष्ट तेक्वान्दो संघले आयोजना गर्न लागेको यो प्रतियोगिता कोभिडका कारण दुई वर्षपछि हुन लागेको छ । यसअघि आईओएफटीसी) को १३ औं संस्करण सन् २०२० को मे १ र २ तारिखका लागि मिचिगनमै हुने तय भएको थियो । तर विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण प्रतियोगिता स्थगित भयोे । उक्त प्रतियोगितामा नेपालबाट सहभागी हुने पाँच खेलाडी समेत छनोट गरिएको थियो ।

संयोजक लव गोर्खालीले नयाँ छनोट गर्ने वा तिनै खेलाडीलाई सहभागी गराउने भन्ने विषयमा टुंगो नलागेको जानकराी दिनुभयो । छनोट गरेको लामो समय भएकाले सक्भर नयाँ छनोट गर्नेमै हाम्रो जोड हुने छ, अब हामी नेपाल तेक्वान्दो संघमार्फत् सिनियर राष्ट्रिय प्रतियोगिता आयोजना गरी खेलाडी छनोट गर्ने योजना छ । सो छनोट प्रतियोगिताका लागि सम्बिन्धत निकायसँग समन्वय गरिरहेका छौँ– संयोजक तथा तेक्वान्दो प्रशिक्षक गोर्खालीले भन्नुभयो ।

प्रतियोगितामा २० राष्ट्रका छ सय भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ । सिनियर र जुनियरमा गरी ६५ स्वर्ण, ६५ रजत र १ सय ३० कांस्यका लागि प्रतिस्पर्धा हुने छ । जसमा नेपाल, अमेरिका, अस्ट्रेलिया, अस्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, मेक्सिको, बेलायतलगायत राष्ट्र सामेल रहनेछ ।

विगतका १२ संस्करण मध्ये अमेरिकामा पाँच, नेपालमा चार तथा भारत, बेलायत र हङकङमा एक–एक पटक आइओएफटिसी प्रतियोगिताको आयोजना भइसकेको छ । आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड २० लाख रुपियाँ खर्च हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?