logo
२०८१ मंसिर ९ आईतवार



कराँते खेल्न कैलालीका २० जना खेलाडी भारत प्रस्थान

खेलकुद |


कराँते खेल्न कैलालीका २० जना खेलाडी भारत प्रस्थान


गाेरखापत्र अनलाइन

काठमाडाैं, कात्तिक २५ गते । भारतमा हुने कराँते प्रतियोगिता खेल्ने कैलालीका २० जना खेलाडीको बिदाइ गरिएको छ । भारतको गुजरात राज्यको अमृतसरमा १३ र १४ नोभेम्बरमा आयोजना हुने किजी ओपन ईन्डो नेपाल कराँते च्याम्पीयनसीप खेल्ने कैलालीका २० जना खेलाडीको एक कार्यक्रम गरी बिदाइ गरिएको हो । कैलालीको जानकी गाउँपालिकाका खेलाडीलाई कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्रीले बिदाइ गर्दै जितको शुभकामना दिनुभएकाे छ ।

जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले पनि खेलाडीको बिदाइ गरेकी छिन् । २० जना खेलाडी सम्मिलित टीमको प्रशिक्षकमा बालकुमार महतो र व्यवस्थापकमा राजेन्द्र चौधरी रहनुभएकाे छ । टोली आज भारत प्रस्थान गरेको छ । टीमलाई ट्रयाकसुट र यातायातको व्यवस्था जानकी गाउँपालिकाले गरेको गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले बताउनुभयाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?