logo
२०८१ मंसिर ९ आईतवार



स्पेन विजयी, पोर्चुगल बराबरीमा

खेलकुद |
फुटबल |


स्पेन विजयी, पोर्चुगल बराबरीमा


 

लन्डन, कात्तिक २६ । स्पेन, पोर्चुगल र क्रोसिया बिहीबार रातिको खेलपछि विश्वकप फुटबल छनोटको नजिक पुगेका छन् ।

स्पेनले ग्रीसलाई १–० ले हरायो । पाब्लो साराबियाको गोलले स्पेन विजयी भएको हो । सो समूहमा रहेको स्वीडेन विदा भइसकेको जर्जियासँग २–० ले स्तब्ध भएपछि पनि स्पेनलाई फाइदा पुगेको हो । क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल भने आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकियो । यद्यपि सर्वियाविरुद्धको खेलमा एक अङ्क मात्र हासिल गरे पनि पोर्चुगल विश्वकपमा चयन हुनसक्नेछ ।

समूह एचमा रुस र क्रोसियाले ठूला जित हात पारे । रुसले साइप्रसलाई ६–० र क्रोसियाले माल्टालाई ७–१ ले पराजित गरे ।

एपी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?