logo
२०८१ मंसिर ९ आईतवार



संकटाको किट्स प्रायोजक यूक्यान, लिगका लागि टिम घोषित

खेलकुद |
फुटबल |


संकटाको किट्स प्रायोजक यूक्यान,  लिगका लागि टिम घोषित


 

प्रजित शाक्य

काठमाडौँ, कात्तिक २६ गते । तीन पटक शहिद समारक ए डिभिजन लिग फुटबल जितिसकको संकटाले क्लबले यसपटक सोही गौरवपूर्ण उपलब्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

नयाँ प्रशिक्षक विष्णु गुरुङले संकटा ऐतिहसिक क्लब भएको र विगतमा यस क्लबले हासिल गरेको उपलब्धिलाई फर्काउने बताउनुभएको छ । प्रशिक्षक गुरुङले खेलाडी परिचय र स्पोर्ट्स किट्स प्रायोजन सम्झौता कार्यक्रममा भन्नुभयो– 'ऐतिहासिक क्लबमा आवद्ध हुन पाउँदा खुशी छु । राम्रो टिम पाएको छु । यसपालि उत्कृष्ट नतिजा निकाल्ने विश्वास दिलाउनु चाहन्छु ।'

संकटा क्लबले शुक्रबार युक्यानसँग स्पोर्ट्स किट प्रायोजन सम्झौता गरेको हो । संकटा क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र सिख्राकार र यु क्यानका सिइओ राजिन महर्जनले सम्झौता पत्र आदानप्रदान गर्नुभयो । सो सम्झौता दस लाख रुपियाँको रहेको छ । संकटाले युक्यानको आधिकारिक जर्सी प्रयोग गर्नेछ । सिइओ महर्जनले संकटासँगको भावनात्मक सम्बन्धले यो सम्झौता सम्भव भएको बताउनुभयो । उहाँले यस प्रायोजन सम्झौता संकटाका पूर्व खेलाडी तथा प्रशिक्षक स्वर्गीय नरेन्द्रमान सिंहमा समर्पित गर्नुभयो ।

२००८ सालमा स्थापना भएको संकटाले २०३६, २०४० र २०४२ सालमा शहिद स्मारक ए डिभिजन लिग जितेको थियो । यसपालि संकटाले घरेलु फुटबलका शीर्ष लिगमा राम्रो नतिजा ल्याउन दुई करोड रुपियाँ बजेट छुट्याएको छ । संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले आधाभन्दा बढी खेलाडी पछिल्ला छ, सात वर्षदेखि सँगै खेलिरहेकोले टिम वर्क राम्रो हुनेछ, भन्नुभयो । खेलाडीहरु राम्रा र अनुशासित छन् । जुन हाम्रो टिमको बलियो पक्ष हो । यसैगरी टिमलाई बलियो बनाउने थप स्तरीय खेलाडी ल्याउने प्रयास पनि भइरहेको छ – अध्यक्ष तुलाधरको भनाई छ ।

संकटा टिमको कप्तानमा रवि सिलवाल हुनुहुन्छ । अन्य खेलाडमिा राजाबाबु थापा, रोहित कार्की, अजय महर्जन, सरोज दाहाल, जनक कोइराला, अमित तामा, दिपेन्द्र विके, निरज बस्नेत, रोमन लिम्बु, रोसन पहारी, जय गुरुङ, सुभाष गुरुङ, लक्ष्मण रुचाल, टिकाराज गुरुङ, समीर बराल, दिपेश आले मगर, गणेश हमाल, उत्तम राई र शीर्षक तुलाधर रहनुभएको छ । विदेशी खेलाडीमा इर्नेस्ट थम्पी, फोडे फोफाना र यानिक हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?