logo
२०८१ मंसिर ९ आईतवार



नेपाल खेल नीति सम्मेलन हुने

खेलकुद |


नेपाल खेल नीति सम्मेलन हुने


काठमाडौँ, कात्तिक २९ गते ।  नेपाल खेलकूद महासंघ (नेकोस)ले काठमाडौंमा खेल नीति सम्मेलनको आयोजना गर्ने भएको छ ।नेकोसले मङ्सिर ५ र ६ गते दुई दिन खेल नीति सम्मेलन गर्ने जनाएको छ । नेकोसले नेपाली खेलकूद रहेका सबै समस्यालाई समाधान गर्नका लागि पनि यो सम्मेलनले एउटा स्पष्ट दिशानिर्देश गर्न सक्ने विश्वास गरेको छ ।

नेकोसका अध्यक्ष रमेश पौडेलले संघीयता अनुसारको ऐन, कानून र नियमावली निर्माण गर्न, नेपाली खेलकूदको विविधीकरण र वर्गीकरणको आधार तयार गर्न, खेलकूद र राजनीति अर्थात खेलनीति र राजनीतिको संयोजन तथा सहकार्य गर्नका साथै विश्व खेलकूदमा आएको ट्रेन्ड शेयर गर्दै नेपालको भावी रणनीति तय गर्न खेल नीति सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

यसैगरी खेल नीति सम्मेलनमा खेल ईभेन्ट, मिडिया र ब्रान्डिङको स्किल शेयर गर्ने, खेलकूदको सरोकारवाला बीचमा सहकार्य, एकता र सम्बन्ध स्थापित गर्ने, खेलकूद क्षेत्रलाई समृद्ध, संस्थागत, आधुनिक, व्यवस्थित र सम्मानित बनाउने आधारशीला तयार गर्ने र खेल, खेलाडी र समग्र खेलकर्मीहरुको अधिकार स्थापित गर्नका लागि यो खेल नीति सम्मेलन हुन लागेको जानकारी पनि दिइएको छ ।

खेल नीति सम्मेलनमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी, राष्ट्रिय खेल संघका अध्यक्ष/महासचिव, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, राखेप तथा प्रदेश खेलकूद परिषदका पदाधिकारी तथा सदस्य, सबै विश्वविद्यालयका खेल अफिसियल, स्पोटर्स एकेडेमी तथा खेल विज्ञ, खेल पत्रकार तथा प्रवद्धन उपस्थिति रहनेछ । यसैगरी, जिल्ला नगर खेलकूद विकास समितीका अध्यक्ष, पूर्व खेलकूद मन्त्री तथा राखेपका पूर्व सदस्य सचिव, विभिन्न राजनीतिक दलका खेलकूद संगठनका पदाधिकारीको पनि सहभागिता रहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?