गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १ गते । विश्व बक्सिङ महासंघ (आइबा)का अध्यक्ष रुसका उमर क्रेमलेभ बुधबार विहान नेपाल आइपुग्नुभएको छ ।
नेपाल बक्सिङ सङ्घको विशेष निमन्त्रणामा आइबा अध्यक्ष उमरसहित आठ सदस्सीय टोली आठमाडौँ आउनुभएको हो । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतको टोलीले अध्यक्ष उमर र उहाँको टोलीलाई विमानास्थलमै पुगेर स्वागत गरेको छ । आइबा अध्यक्ष उमर तीन दिने भ्रमणमा नेपाल आउनुभएको हो ।
आइबा अध्यक्ष उमरले विमानास्थलमै नेपाली बक्सरहरुमा क्षमता छ र आफैले नेपाली बक्सिङको विकासका लागि सक्दो सहयोग गर्नेछु, भन्नुभयो । गत महिना सर्वियामा भएको आइबा विश्व पुरुष बक्सिङ च्याम्पियन्सीपमा नेपाल बक्सिङ संघका अध्यक्ष अवालले क्रेमलेभलाई नेपाल भ्रमणको निम्तो दिनुभएको हो ।