logo
२०८१ मंसिर ८ शनिवार



सुदीप, स्वागता, युवराज र सुमुया सर्वोत्कृष्ट

खेलकुद |


सुदीप, स्वागता, युवराज र सुमुया सर्वोत्कृष्ट


काठमाडौँ, मङ्सिर २१ गते । सुदीप थारु, स्वागता खैजु, युवराज विक र सुमुया देवान युथ एथलेटिक्स च्याम्पियनसिपको आ–आफ्नो उमेर समूहमा सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । यू–१६ को ब्वाइजमा सुदीप र गल्र्समा सुष्मा तथा यू–२० को ब्वाइजमा युवराज र गल्र्समा सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएको हो । सुमुया बंगलादेश र बाँकी सबै नेपाली खेलाडी हुनुहुन्छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यू–२० उमेर समूहअन्तर्गत एक सय मिटर दौडको ब्वाइजमा जाजरकोटका युवराज विकले ११.०० सेकेन्ड र गल्र्समा बंगलादेशकी सुमुया देवान ११.८५ सेकेन्ड, चार सय मिटर दौडको ब्वाइजमा बंगलादेशका जेल्डासर्जिल रसिम खान ५१.६ सेकेन्ड र गल्र्समा बंगलादेशकी रुना नस्रत जाहान एक मिनेट चार सेकेन्ड, आठ सय मिटर दौडको ब्वाइजमा कञ्चनपुरका सन्जिव नेपाली २० मिनेट ०३.९ सेकेन्ड र गल्र्समा जुम्लाकी राममाया बुढा दुई मिनेट २६.३६ सेकेन्ड समयमा दौड सक्दै पहिलो हुनुभयो। 

एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित प्रतियोगिताको यू–२० हाइजम्पको ब्वाइजमा मोरङका सागर यादव १.६६ मिटर र गल्र्समा विजेश्वरीकी मेलिना श्रेष्ठ, सटपुटको ब्वाइजमा चितवनका ललित राउन १०.७० मिटर र गल्र्समा दाङकी सुशिला चौधरी ९.६२ मिटरले स्वर्ण जित्नुभयो । 

यू–१६ एक सय मिटर दौडको ब्वाइजमा वीरगन्जका आदेशकुमार यादव ११.२४ सेकेन्ड र गल्र्समा भक्तपुरकी स्वागता खैजु तथा आठ मिटर दौडको ब्वाइजमा बाग्लुङका बादल कार्की दुई मिनेट ०७.८४ सेकेन्ड र गल्र्समा कालिकोटकी भावनाले शीर्ष स्थान हात पार्नुभयो । दुई दिने प्रतियोगिताको विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?