काठमाडौँ, मङ्सिर २५ गते । आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ ले प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बनेको बालाजु ‘बी’ ले ६ स्वर्ण, तीन रजत र तीन कांस्य जित्यो ।
दीलिप स्मृति तेक्वान्दो डोजाङले तीन स्वर्ण, चार रजत र १२ कांस्य जित्दै दोस्रो भयो । तेस्रो भएको आयोजक बालाजु ‘ए’ ले तीन स्वर्ण, एक रजत र १२ कांस्य जित्यो । बालाजुस्थित तरुण माविमा भएको प्रतियोगिताको पुरुषमा आयोजक बालाजु ‘बी’ का सुजन लामा तथा महिलामा द गुर्खाकी प्रिस्का मगर उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।
सोही अवसरमा तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान पु¥याएवापत काठमाडौँ जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतलाई बालाजु तेक्वान्दो डोजाङले प्रशंसा पत्रबाट सम्मान गरेको छ । दुईदिने प्रतियोगितामा एक सय ४० खेलाडी सहभागी थिए ।