काठमाडौँ, मङ्सिर २६ गते । बंगलादेशमा डिसेम्बर २१ देखि २९ तारिखसम्म आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय पुरुष टोलीको घोषणा भएको छ ।
नेपाल भलिबल संघले आइतबार इम रानाको कप्तानीमा १२ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । टोलीका मुख्य प्रशिक्षक हान एबिङले बन्द प्रशिक्षणमा रहका १६ खेलाडीबाट अन्तिम खेलाडी छनोट गर्नुभएको हो ।
टोलीका खेलाडीहरुमा हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरिबहादुर अधिकारी, दुर्गाबहादुर खड्का, भैरव बम, शरण सामरी, विशाल विक र विनोद चन्द रहनुभएको छ ।
मानबहादुर श्रेष्ठ र भैरव बमले टोलीमा पुनरागमन गर्नुभएको छ । प्रशिक्षणमा रहेकामध्ये ईश्वर थापा, दिपकराज जोशी, रविन चन्द र धिरज बस्नेत बाहिरिनुभएको छ ।