logo
२०८१ मंसिर ८ शनिवार



प्रदेश २ बाट २० जना महिला क्रिकेट खेलाडी छनाेट

खेलकुद |


प्रदेश २ बाट २० जना महिला क्रिकेट खेलाडी छनाेट


माला कर्ण
सप्तरी, मङ्सिर, २७ गते । प्रदेश २ को २० जना महिला क्रिकेट खेलाडी राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि प्रशिक्षणमा छनाेट हुनुभएको छ । छनौटमा परेका २० जना महिला खेलाडीले मङ्सिर २८ गतेदेखि ३० गतेसम्म राजविराजमा सञ्चालन हुने बन्द प्रशिक्षणबाट १५ जना महिला खेलाडीलाई छनाेट गरिने बताइएको छ ।

प्रशिक्षण छनौट समितिका संयोजक मुरतुजा हवारीका अनुसार बन्द प्रशिक्षणबाट राष्ट्रिय खेलकुद परिषद कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजनामा पुस ३ गतेदेखि प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । मङ्सिर २० गतेदेखि राजबिराजमा सप्तरी क्रिकेट सँघको आयोजनामा सञ्चालित प्रदेश स्तरीय महिला क्रिकेट छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो ।

प्रदेश २ को ५ जिल्ला सम्मिलित छनाेट प्रतियोगिताबाट बाराका साना प्रविण, अलिसा यादव, प्रिंयका गुप्ता, सिवानी साह, प्रतिमा साह, सिराहाका सरस्वती चौधरी, अनुराधा चौधरी, सन्तोषी चौधरी, आरती चौधरी छन् । त्यस्तै, मोलिना रायमाझी, गोमा आले, रोजी खत्री, पुष्पा फुयाल, शोभा आले, सृजना चौधरी, मोनिका साह, मधु राउत, बिमला मगर, मिना महतो बन्द प्रशिक्षणमा परेको प्रदेश २ क्रिकेट सङ्घका सचिव आयुष श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी पुस २५ गतेदेखि प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि पुस ३ गतेदेखि प्रदेशस्तरीय पुरूष क्रिकेट छनोट खेल राजबिराजमा हुने बताइएको छ । प्रदेश २ स्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि सप्तरीमा मङ्सिर २६ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने छनाेट अभ्यास खेलमा कीर्तिमानी खेलाडी महबुव आलमसहित जिल्लाभरिका ४० जना खेलाडीको सहभागिता रहेको सप्तरी क्रिकेट सङ्घका सचिव चन्दनकुमार यादवले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?