logo
२०८१ मंसिर ८ शनिवार



राखेपमा सिलवालाई पूर्नवहाली गर्न अल्पकालिन अन्तरिम आदेश

खेलकुद |


राखेपमा सिलवालाई पूर्नवहाली गर्न अल्पकालिन अन्तरिम आदेश


काठमाडौँ, मङ्सिर १९ गते । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट बर्खास्त गरिएका तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई पूर्नवहाली गर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरि फुयालको एकल इजलासले बुधबार सिलवाललाई पुरानै अवस्थामा काममा फर्कन आदेश दिएको हो । एक महिनाअघि मात्र मन्त्री परिषद्को निर्णयबाट सिलवालको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै सिलवाललाई बर्खास्त गरिएको थियो । 

सिलवालको काम चित्त बुझ्दो नभएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले सिलवाललाई स्पष्टिकरण सहित बर्खास्ती गरेको थियो । सरकारले बर्खास्त गरेपछि सिलवालले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । सिलवाललाई एक बर्षअघि मात्र केपी शर्मा ओली नेतृत्वको पूर्व सरकारले दोस्रो पटक राखेप सदस्य सचिवमा चार बर्षका लागि नियुक्त गरेको थियो ।

सिलवाललाई बर्खास्त गरेसँगै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको सिफारिसमा मंसिर १३ गतेको मन्त्री परिषद् बैठकले टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । सरकारले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ का आधारमा आवेदन माग गरी खुला स्पर्धाबाट घिसिङलाई सदस्य सचिव नियुक्त गरको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?