काठमाडौँ, मङ्सिर २९ गते । जैशीदेवल युथ क्लबको आयोजनामा दोस्रो प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगता हुने भएको छ । प्रतियोगिता पुस ३ देखि ५ गतेसम्म दशरथ रङ्गशालाको कभर्ड हुनेमा हुनेछ ।
प्रतियोगतामा बागमती प्रदेशका १८ नगरपालिका र आयोजकका दुई टिम गरी कूल २० टिमले सहभागिता जनाउनेछन् । प्रत्येक टिममा २०–२० खेलाडी रहने गरी प्रतियोगिामा कूल चार सय खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताको कूल पुरस्कार राशि दुई लाख ४० हजार रुपियाँ रहेको छ ।
प्तियोगितामा आठ-आठ तौल समूहमा ब्वाइज र गल्र्सतर्फ प्रतिस्पर्धा हुनेछन् । प्रत्येक स्वर्ण पदक विजेतालाई दुई हजार, रजत पदक विजेतालाई १५ सय र काशय पदकलाई एक हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी, बेस्ट फाइटर पुरुष र बेस्ट फाइटर महिला लाई जनही १५० अमेरिकी डलर पुरस्कार दिइनेछ । बेस्ट पुम्से प्लेयर पुरुष, बेस्ट पुम्से प्लेयर महिला, बेस्ट रेफ्री पुरुष, वेस्ट रेफ्री महिला र वेस्ट कोचलाई जनही एक सय डलर प्रदान गरिनेछ ।
यस प्रतियागिताको प्रमुख प्रायोजकमा काठमाडौँ महानगरपालिका रहेको छ । काठमाडौँ महानगरपालिकाले प्रतियोगितालाई चार लाख रुपियाँ प्रायोजन गरेको छ । यसैगरी, अन्य सहयोगी दाताबाट आठ लाख रुपियाँ संकलन भएको बताइएको छ ।
जैशीदेवल युथ क्लबका अध्यक्ष राजेश प्रजापतिले नेपालमा पहिलो पटक नगरपालिका आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुन लागेको जानकारी दिनुभयो । ‘यो प्रतियोगिता अलि फरक ढङ्गले हुँदैछ । यसपटक जुनियर प्रतियोगिता भएपनि खेलाडी प्रेरित होस् भन्ने उद्देश्यले नगद पुरस्कार पनि राखेका छौँ,’ अध्यक्ष प्रजापतिले भन्नुभयो । आयोजक टिमबाट स्वर्ण पदक जित्ने खेलाडीलाई नयाँ दिल्लीमा हुने तेक्वान्दो प्रतियोगितामा सामेल गराइने बताइएको छ ।