logo
२०८१ मंसिर ८ शनिवार



सुदूरपश्चिम र एपीएफ विजयी

खेलकुद |


सुदूरपश्चिम र एपीएफ विजयी


अविनाश चौधरी
धनगढी, पुस ५ गते । घरेलु टोली सुदूरपश्चिम र विभागीय टोली एपीएफ प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको समूह बी तर्फको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको हो ।

गण्डकी प्रदेशले दिएको ३२ रनको लक्ष्य सुदूरपश्चिमले २.१ ओभर खेल्दै मात्र एक विकेटको नोक्सानमा सहज रुपमा पूरा ग¥यो । सुदूरपश्चिमको जितमा कविता जोशीले आठ रन बनाएर आउट हुनुभएको थियो । शोभा रोकायाले पाँच रन बनाउनुभयो ।

यसअघि, टस जितेर ब्याटिङ गरेको गण्डकी प्रदेशले १८ ओभरमा सबै विकेट गुमाउँदै मात्र ३१ रन बनाउन सक्यो । गण्डकीका लागि कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सक्नु भएन । चार जना खेलाडी शून्यमै पवेलियन फर्किनुभयो ।

गण्डकीलाई समेट्नेक्रममा कविता जोशी र दीपा जोराले दुई दुई, कविता कुँवर र ईश्वर विष्टले एक एक विकेट लिनुभयो । खेलमा कविता जोशी प्लेयर अफ द म्याच घोषित भई पुरस्कृत हुनुभयो ।

यसैगरी, अर्को खेलमा विभागीय टोली एपीएफले प्रदेश २ लाई ४८ रनले पराजित गरेको छ । कुहिरो र शितका कारण १५ ओभर छोट्टयाएर खेलाइएको खेलमा एपीएफले टस हारेर निर्धारित पुरै ओभर खेल्दै आठ विकेटको क्षतिमा ९८ रन बनाएको थियो ।

एपीएफका लागि ज्योती पाण्डेयले २४, इन्दु बर्माले २१, रोमा थापाले १४ र ममता चौधरीले ११ रन बनाउनुभयो । बलिङ गर्दै प्रदेश २ का लागि बिमला मगरले १४ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो ।

९९ रनको विजयी लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रेको प्रदेश २ ले निर्धारित पुरै ओभर खेल्दै नौ विकेटको नोक्सानमा ५० रन मात्रै बनाउन सक्यो । सो प्रदेशका लागि मीना रायमाझीले सर्वाधिक २० रन बनाए पनि आफ्नो टिमको हार टार्न सक्नु भएन । एपीएफका लागि सुस्मा श्रेष्ठले दुई विकेट लिनुभएको थियो । खेलमा उहाँले प्लेयर अफ द म्याचको उपाधि प्राप्त गर्न सफल हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?