logo
२०८१ मंसिर ८ शनिवार



कुमुदिनी र एशियाली तारापुन्ज बने काठमाडौं खोखो च्याम्पियन

खेलकुद |


कुमुदिनी र एशियाली तारापुन्ज बने काठमाडौं खोखो च्याम्पियन


 
काठमाडाैं, पुस ६ गते । पाँचौं काठमाडौं जिल्लाव्यापी अन्तर विद्यालय खोखो प्रतियोगितामा पुरुषतर्फ कुमुदिनि स्कुल र महिलातर्फ एशियाली तारापुञ्ज स्कुल च्याम्पियन बनेका छन् । विजेता दुवै समूहले ट्रफीसँगै नगद सात / सात हजार रूपियाँ समेत हात पार्न सफल भएका हुन् ।
 
पुरुष खोखोमा मगंल माविलाई ५ अंकविरुद्ध कुमुदिनि माविले ११ अंकले पराजित गरेको थियो । यस्तै, महिला खोखोमा मगंल माविलाई ७ अंकविरुद्ध एसियाली तारापुञ्जले ८ अंकले पराजित गरेको हो । सो प्रतियोगितामा महिलामा कुमुदिनि मावि तेश्रो र पुरुषमा शान्ति निकुञ्ज तेश्रो भएकाे थियाे ।
 
नेपाल खोखो सङ्घका उपाध्यक्ष प्रदिप महर्जन, मुख्य प्रशिक्षक लक्ष्मीनारायण वैद्य, कीर्तिपुर नगरपालिकाका वडा न. १० अध्यक्ष अमन महर्जन, वडा न. २ का अध्यक्ष रमेश मान डङ्गोलवडा ९ का अध्यक्ष गङ्गाराम महर्जन र सदस्यद्वय हरिशरण महर्जन र चिनीकाजी श्रेष्ठले ट्रफी, मेडल र नगद पुरस्कार वितरण गर्नुभएकाे थियाे । 
 
यस्तै, द्वितीय हुनेले नगद पाँच हजार र तृतीय हुनेले नगद तीन हजार रूपियाँ प्राप्त गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?