logo
२०८१ मंसिर ८ शनिवार



जेभियर र टाइम्सलाई अक्सब्रिज कप

खेलकुद |


जेभियर र टाइम्सलाई अक्सब्रिज कप


काठमाडौँ, पुस ६ गते । जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । जेभियर व्याचलर्स तथा टाइम्स प्लस टुतर्फ च्याम्पियन बने ।

आयोजक अक्सब्रिज इन्टरनेसनल कलेजको कोर्टमा भएको व्याचलर्स फाइनलमा जेभियरले अक्सब्रिजलाई १८–१२ ले पराजित ग¥यो । जेभियरका निकेश मगरले १० अंक जोड्नुभयो। मंगलबारनै भएको सेमिफाइनलमा जेभियरले सेन्ट जेभियर्सलाई १८–७ तथा अक्सब्रिजले गोल्डेनगेटलाई १९–१२ ले हराउदै फाइनलमा स्थान बनाएको हो ।

प्लस टुको उपाधि भिडन्तमा टाइम्सले रुकिजलाई १७–१४ ले पाखा लगायो । टाइम्सका पेम्बा शेर्पाले सात स्कोर गर्नुभयो । त्यसअघि सेमिफाइनलमा टाइम्सले अक्सब्रिजलाई १७–१२ तथा रुकिजले नवोदितलाई २१–१५ ले हराउदै फाइनल यात्रा तय गरेका थिए ।

व्याचलर्समा जेभियरका निकेश मगर तथा प्लस टुमा टाइम्सका छिरिङ थिन्ले लामा मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्याब्सनका सहअध्यक्ष डिके ढुंगाना, अक्सब्रिजका प्रिन्सिपल डा.कृष्णप्रसाद पाण्डेलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?