logo
२०८१ कार्तिक २० मंगलवार



खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग

खेलकुद |
क्रिकेट |


खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग


काठमाडौँ, पुस ७ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) का ६ जना केन्द्रीय सदस्यले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गर्नुभएको छ ।

क्यानका केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी, सञ्जयराज सिंह र छुम्बी लामाले बुधबार पत्रकार सम्मेलन गरी खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गर्नुभएको हो ।

क्यानको गत बुधबार बसेको बोर्ड वैठकले कप्तान मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको थियो । मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को सुरुको ६ महिना केन्द्रीय सम्झौतामा सहभागी नगराउने निर्णय समेत गरेको थियो ।

क्यानले कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त पनि गरेको थियो । क्यानका ६ जना सदस्यहरुले खेलाडीमाथि नियोजित तरिकाले कारबाही भएको समेत बताउनुभएको छ ।

‘हामीले खेलाडीको कारबाहीको विषयमा सहमति जनाएका छैनौँ । कार्यसमिति बैठकमा एजेन्डा वितरण नगरी आफुखुशी प्रस्ताव ल्याएर छलफल भएको छ । क्यान विधान अनुसार चलेको छैन,’ पत्रकार सम्मेलनमा सदस्यहरुको आरोप थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?