काठमाडौँ, पुस ७ गते । सिभाली गुरुङ र असभसम्राट हाडा १९औँ जयकर स्मृति जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा यू–१० तर्फ च्याम्पियन बन्नुभएको छ । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा बुधबार सम्पन्न फाइनलमा सिभाली गल्र्सतर्फ असभसम्राट ब्वाइजतर्फ च्याम्पियन हुनुभएको हो ।
सिभालीले फाइनलमा आयुसा जिसीलाई ६–०, ६–० ले हराउनुभयो । असभसम्राटले भने स्पन्दन उदासबाट वाक ओभर पाउँदा प्रतिस्पर्धा बिना नै च्याम्पियन हुने अवसर पाउनुभयो । गल्र्स यू–१२ मा प्रज्ना मानन्धर च्याम्पियन हुनुभयो । प्रज्नाले फाइनलमा समृद्धि महर्जनमाथि ६–१, ६–१ को सहज जित निकाल्नुभयो ।
यू–१२ ब्वाइजतर्फ बोरिस अधिकारी र दर्शिल श्रेष्ठ फाइनलमा पुग्नु भएको छ । बोरिसले सेमिफाइनलमा स्पर्श तिमिल्सिनामाथि ६–०, ६–१ र दर्शिलले सृजन भट्टराइलाई ४–६, ६–२, ६–२ ले हराउँदै फाइनलमा स्थान बनाउनुभएको हो ।
गल्र्स यू–८ तर्फ अनुश्री धोजु, निश्वी गोर्खाली, इरिस श्रेष्ठ र सभर्ना गुरुङ सेमिफाइनलमा पुग्नुभएको छ । यही समूहको ब्वाइजमा कृतन्यविक्रम शाह, सभ्यजंग कार्की, रिधान अर्याल, निधय राणा, विश्वविशेष डल्लाकोटी र सियोङ वोन हा क्वार्टरफाइनलमा पुग्नुभएको छ ।