काठमाडौँ, पुस ८ गते । नेपाल बंगलादेशमा बिहीबारदेखि सुरु भएको एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको छ ।
ढाकामा भएको लिग चरणको पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–० को सेटमा पराजित भएको थियो । बंगलादेशले तीनवटै सेट २५–१७, २५–१७, २५–१९ ले जितेको थियो । नेपालले दोस्रो खेल सुक्रबार उज्वेकिस्तान, तेस्रो खेलमा शनिबार श्रीलंका र चौथो तथा अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ ।
राउन्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष दुई टोली फाइनल पुग्नेछन् । महिलातर्फ साविक विजेता नेपालले विजयी सुरुवात गरेको छ । बिहीबार नेपालले श्रीलंकालाई ३–२ को सेटमा हराएको हो ।