logo
२०८१ मंसिर ८ शनिवार



सिल्क ग्रुप र टेलिकम फाइलमा

खेलकुद |


सिल्क ग्रुप र टेलिकम फाइलमा


काठमाडौँ, पुस ८ गते । सिल्क ग्रुप र नेपाल टेलिकम कुमारी बैंक काठमाडौँ टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनको फाइनलमा प्रवेश गरेको छ । राष्टिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहीबार भएको खेलमा सिल्कले नेपाल बिद्युत प्राधिकरणलाई ३–१ ले हरायो ।

सिल्कका विकास श्रेष्ठ र अनुमाया राईले जित निकाल्दै खेललाई २ ० को अग्रता दिलाउनुभयो । विकासले बिद्युतका दीपक बोहरालाई २१–१८, २१–१७ ले तथा अनुमायाले बिद्युतकी शोभा गौचनलाई २१–१६, १८–२१, २१–१३ ले पराजित गर्नुभयो ।

तेस्रो खेलमा बिद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले सिल्कका सुवाश अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–११, २१–१४ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पु¥याउनुभएको थियो । त्यसपछि खेललाई आफ्नो पक्षमा पार्ने क्रममा सिल्कका अनुमाया राई र ताशी शेर्पाको जोडीले बिद्युतका शोभा गौचन र याम कुमारी गुरुङको जोडीलाई २१–१३, २१–१९ ले पराजित गर्दै समग्रमा ३–१ को जित निकाल्नुभयो ।

यसैगरी नेपाल टेलिकमले नेपाल आयल निगमलाई ३–२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । पहिलो खेलमा टेलिकमका रत्नजित तामाङले आयल निगमका बिष्णु कटुवाललाई २१–७, २१–१० ले हराउनुभयो । दोस्रो खेलमा आयल निगमकी रशिला महर्जनले टेलिकमकी सिमा राजबंशीलाई २१–१२, २१–८ ले हराउँदै खेललाई बराबरीमा ल्याउनुभयो ।

तेस्रो खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्ण शर्माको जोडीले आयल निगमका लक्ष्मण बिश्वकर्मा र राम बिश्वकर्माको जोडीलाई २१–९, २१–८ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा ल्याउनुभयो । चौथो खेलमा आयल निगमका रशिला महर्जन र सर्मिला कटुवालको जोडीले टेलिकमका जेटी गुड्डी कार्की र सिमा राजबंशीको जोडीलाई २१–१२, १६–२१, २१–८ ले हराउँदै खेललाई पुनः २–२ को बराबरीमा ल्याउनुभयो ।

पाँचौ तथा अन्तिम खेलमा टेलिकमका हरिकृष्ण शर्मा र रत्नजित तामाङको जोडीले आयल निगमका राम बिश्वकर्मा र बिष्णु कटुवालको जोडीलाई २१–१८, २१–९ ले हराउँदै समग्रमा ३–२ को जित निकाल्नुभयो । फाइनल खेल शुक्रबार हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?