काठमाडौँ, पुस २० गते । बंगलादेशमा सम्पन्न बि-जी कराते च्यामिपयनसिपमा नेपाल सितेरियो करातेले चार स्वर्ण पदक जितेको छ । मुजिबको सयौँ जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बशप संघको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा डिजेन डोल्मा लामा, पासाङ तामाङ र ग्याल्मो सोमिका लामा रहनुभएको छ ।
डोल्माले कुमिते र कातामा गरि दुई स्वर्ण जित्नुभएको हो । पासाङले ७० केजी तौलको कातामा र ग्याल्मोले ३५ केजी तौलको कुमिते तर्फ स्वर्ण जित्नुभएको टिम ब्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार नेपाली टोलीले दुई रजत र पाँच कांस्य पदक पनि जितेको छ । पासाङ तामाङले ७० केजी र राजदेव बमजनले ६५ केजी कुमितेतर्फ रजत पदक जित्नुभएको हो । कांस्य पदक जित्नेमा रविन्द्र कुँवरले खुलातर्फ, युरोडिस रोक्का ६० केजी, उमेश भण्डारी ५५ केजी, रविना ४५ केजी र उमंग बुढाथोकी १४ बर्ष मुनि उमेर समूहमा हुनुहुन्छ ।