logo
२०८१ मंसिर ८ शनिवार



टाइम्सलाई अनमोल स्मृति बास्केटबल उपाधि

खेलकुद |


टाइम्सलाई अनमोल स्मृति बास्केटबल उपाधि


काठमाडौँ, पुस २४ गते । प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि टाइम्सले जितेको छ । अपराजित रहँदै टाइम्स च्याम्पियन बनेको हो । चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा शनिबार भएको फाइनलमा टाइम्सले रोयललाई ७०–६७ ले हरायो ।

राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्सको जितमा मनिष केसीले २० अंक योगदान गर्नुभयो । मनिष नै प्रतियोगिताको ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्तगर्नुभयो ।

१६ अंक बनाउनु भएका रोयलका निकेश मगर फाइनल खेलको ‘म्यान अफ दि म्याच’ हुनुभयो । टाइम्सका लागि राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदीश प्रधानले १२ र विजय बुर्जाले १६ अंक बनाउनुभयो । उपाधिसँगै टाइम्सले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता रोयलले ५० हजार रुपियाँ पुरस्कारमा चित्त बुझायो ।

विजेतालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, बीएमकेका अध्यक्ष हरि अधिकारीलगायतले पुरस्कृत गर्नुभयो । सो अवसरमा बास्केटबलका टेक्निकल कमिसनर दुर्गाबहादुर थापालाई सम्मान गरिएको थियो । नेपाल आर्मीका पुरुष बास्केटबल टोलीका कप्तान रविन खत्रीलाई पनि १० हजार रुपियाँसहित सम्मान गरियो । प्रतियोगितामा आठ टोलीले भाग लिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?