logo
२०८१ मंसिर ९ आईतवार



बास्केटबल लिगमा दुई विदेशी खेलाडी 

खेलकुद |


बास्केटबल लिगमा दुई विदेशी खेलाडी 


काठमाडौँ, पुस २९ गते । नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको राष्ट्रिय बास्केटबल फ्रेन्चाईज लिगमा प्रत्येक टोलीले दुई जना विदेशी खेलाडी राख्ने पाउने भएको छ । आयोजक टर्नपाइक इभेन्ट प्रालि र नेपाल बास्केटबल संघले बिहीबार पत्रकार सम्मेलनगरी लिगको घोषणा र सहभागी टोलीको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा लिगका लागि टर्नपाइकका निर्देशक आलोक प्रताप राणा र नेपाल बास्केटबल संघका कार्यबाहक अध्यक्ष भिमसिंह गुरुङले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार लिगको ब्यवस्थापन टर्नपाइकले गर्नेछ । संघले प्राविधिक सहयोग गर्नेछ ।

लिमगा काठमाडौ, ललितपुर, कीर्तिपुर, पोखरा, भक्तपुर, धरान, विराटनगर, चितवन र बुटवल/धनगढीका शहरलाई प्रतिनिधत्व गर्नेगरी आठ टोलीको सहभागिता रहनेछ । कोरोना संक्रमणलाई मध्यनजरगरी लिगको सञ्चालन मिति छिट्टै घोषणा गरिने बताईएको छ ।

लिगमा हरेक टोलीले नेपालका १० र विदेशी दुई जना खेलाडी, एक जना मुख्य प्रशिक्षक, एक जना सहायक प्रशिक्षक, एक जना फिजियो र क्लब म्यानेजर राख्नुपर्ने छ । लिगका खेलहरु दशरथ रंगशालाको कभर्डहल कोर्टमा हुनेछ ।

टर्नपाइकले लिगमा सहभागी क्लबबाट लिईने लाइसेन्स फिवापतको ४० प्रतिशत रकम बास्केटबल संघलाई प्रदान गर्नेछ । उक्त रकम संघले बास्केटबल खेलको विकासमा लगानी गर्ने बताईएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?