logo
२०८१ बैशाख १३ बिहीवार

पौडी पोखरी र फुटसल माघ १५ गतेसम्म बन्द



खेल गतिविधिमा सचेत रहन सरकारको निर्देशन

पौडी पोखरी र फुटसल माघ १५ गतेसम्म बन्द

खेलकुद |


खेल गतिविधिमा सचेत रहन सरकारको निर्देशन
सरकारका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर कविता थापा


काठमाडौँ, माघ २ गते । सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै दशरथ रंगशालालगायत खेलकुद गतिविधि सञ्चालन हुने स्थानमा सावधानी अपनाउन निर्देशन दिएको छ ।

आइतबार सम्पन्न मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सावधानी अपनाउन निर्देशन दिनुभएको हो ।

दशरथ रंगशाला प्रवेशमा कूल दर्शक क्षमताको एक तिहाइ दर्शकलाई मात्र प्रवेश दिने र दर्शकलाई पनि ‘रेन्डम सेम्पिङ’ का आधारमा स्वास्थ्य परीक्षण गरेर प्रवेश गराउने निर्णय भएको बताउनुभयो ।

सरकारले दर्शकलाई माघ ७ गतेदेखि कोरोना खोप लगाएको कार्ड देखाएर मात्र रंगशाला लगायत खेल स्थलमा प्रवेश गर्न दिने तथा पौडी पोखरी र फुटसल माघ १५ गतेसम्म बन्द गर्न निर्देशन दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?