अर्जुन काफ्ले
पोखरा, माघ ७ गते । २० औँ ‘आहा ! रारा गोल्ड कप’ नकआउट अन्तर क्लब आमन्त्रित फुटबलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पाचौँ पटकको ‘आहा ! रारा गोल्ड कप’ विजेता पुलिसले हिमालय शेर्पालाई ७–६ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हापमा बराबरी रहेको खेलमा ५३ औँ मिनेटमा निलकुमार राईको गोलबाट पुलिसले अग्रता लिएको थियो । त्यसको छ मिनेटमै हिमालय शेर्पाका विश्वास श्रेष्ठले बराबरी गर्नुभयो । दोस्रो हाफमा खेल बाराबरीमा सकिएपछि ३० मिनेट समय थप गरिएको थियो ।
थप समयमासमेत खेल १–१ भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा शेर्पाका उलरिच सिवेको बल बारमाथि बाट बाहिरिएको थियो भने पुलिसका कपिल ढकालको बल बारमा ढोकिएर फर्किएको थियो । थप समयमासमेत खेल ४–४ गोलको बराबरी भएको थियो ।
टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको टुंगो सडन डेथमार्फत् लगाउन परेको थियो। सडेन डेथमा ७–६ गोल अन्तरले विजयी हुँदै पुलिस दोस्रो चरणमा प्रवेश गरेको हो ।
प्रतियोगितामा शनिबार विभागीय टोली नेपाल एपीएफ क्लब र विदेशी टिम विवाईएससी मिनेसोटा अमेरिकाबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले बतााउनुभयो ।
प्रतियोगिता माघ १५ गतेसम्म सञ्चालन हुनेछ ।