logo
२०८२ जेष्ठ २७ सोमवार




बार्टी अष्ट्रेलियन ओपन च्याम्पियन

खेलकुद |


बार्टी अष्ट्रेलियन ओपन च्याम्पियन


काठमाडौँ, माघ १५ गते । अष्ट्रेलियन ओपन टेनिसको महिला एकलतर्फको उपाधि विश्व नम्बर एक वरियताकी अष्ट्रेलियन खेलाडी अस्लेइग बार्टीले जित्नुभएको छ । मेलवर्नमा शनिबार भएको फाइनलमा बार्टीले अमेरिकी खेलाडी डेनियल कोलिन्सलाई ६–३, ७–६ (७–२) ले हराउँदै च्याम्पियन बन्नुभएको हो ।

बार्टी पहिलो पटक अष्ट्रेलियन ओपन च्याम्पियन बन्नुभएको हो । उहाँ सन् १९८० पछि अष्ट्रेलियन ओपनको एकलतर्फ फाइनलमा स्थान बनाउने पहिलो घरेलु खेलाडी पनि हुनुहुन्छ । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?