logo
२०८१ मंसिर ७ शुक्रवार



पहिलो हाफमा मोरिसविरुद्ध नेपाल १ शून्यले अगाडि

१० औं मिनेटमा सुजल श्रेष्ठले गरे गोल

खेलकुद |


पहिलो हाफमा मोरिसविरुद्ध नेपाल १ शून्यले अगाडि
तस्बिर केशव गुरुङ्ग


काठमाडौं, माघ १८ गते। अफ्रिकी मुलुक मोरिससविरुद्धको मैत्रीपूर्ण दोस्रो खेलको पहिलो हाफमा नेपालले आग्रता लिएको छ। खेलको १० औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिनुभएको हो।

खेलको १० औं मिनेटमा पुजन उपरकोटीको पासमा सुजल श्रेष्ठले गोल गर्नुभएको हो।

खेलको ११ औं मिनेटमा मोरिससले पाएको पेनाल्टी मिस गरेको थियो। मोरिससका कप्तान एन्डी सोफीको पेनाल्टीलाई नेपाली टिमका कप्तान तथा गोल किपर किरण चेम्जुङले सहजै बचाउनुभयो।

जारी खेलमा दिनेश राजवंशीलाई फल गरेपछि मोरिससका फनाल्डो ज्याक्सन र आशिष लामालाई समातेपछि जोनाथनले पहेंलो कार्ड पाउनुभएको छ।

यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भएको थियो। पहिलो मैत्रीपूर्ण खेलमा नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गर्नुभएको थियो।

शनिबार मैदानमा रहेका रक्षक अनन्त तामाङ र प्रशान्त अवस्थी मंगलबारको खेलमा मैदान बाहिर हुनुहुन्छ। तामाङ र अवस्थीको अनुपस्थितिमा मनिष डाँगी र दर्शन गुरुङले अवसर पाउनुभएको छ।

नेपाली टोली

कप्तान किरण चेम्जोङ, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्तीमगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ र सन्तोष तामाङ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?