काठमाडौँ, माघ २० गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक बोलाउनका लागि परिषद्का अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज समक्ष १३ जना बोर्ड सदस्यले संयुक्त रुपमा मागपत्र पेश गरेका छन् ।
बिहिबार मन्त्रालयमा उपस्थित भई मन्त्रीलाई संयुक्त रुपमा भेटेर पत्र बुझाउने कार्यक्रम रहेको भए तापनि मन्त्रीले भेट नभए पछि गरेपछि बोर्ड सदस्यहरुले मन्त्रालयमा दर्ता गर्दै राष्ट्रिय खेलकुद परिषद्का प्रशासन प्रमुखलाई समेत छायाँप्रति पनि बुझाएका छन् ।
पछिल्लो पटक २०७८ असार २९ गतेका लागि निर्धारण गरिएको राखेप बोर्ड बैठक सरकार परिवर्तनसँगै स्थगित भएको र नयाँ मन्त्री आएको सात महिना बितिसक्दा पनि बैठक बस्न नसकेकोले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १० को उपदफा ४ बमोजिम परिषद्को बैठक बोलाउन संयुक्त रुपमा अनुरोध गरेको राखेपका कार्यकारी बोर्ड सदस्यहरुले बताएका छन् ।