logo
२०८१ मंसिर ७ शुक्रवार



अन्तर्राष्ट्रिय सफ्ट टेनिसको सम्मान र मनोनयन

खेलकुद |


अन्तर्राष्ट्रिय सफ्ट टेनिसको सम्मान र मनोनयन


काठमाडौँ, माघ २३ गते । अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघले आइतबार एक कार्यक्रमबीच विभिन्न ब्यक्तित्वहरुलाई सम्मान तथा महासंघको विभिन्न ओहदामा मनोनयन गरेको छ ।

महासंघले सफ्ट टेनिसको विकास र विस्तारमा विभिन्न तवरले सहयोग पु¥याउने तथा विभिन्न ब्यक्तित्वहरुलाई बुढानिलकण्ठस्थित पार्क भिलेजमा सम्मान गरेको हो । सम्मानित हुने ब्यक्तित्वहरुमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल टेनिस संघकी अध्यक्ष ज्याति राणा, पूर्व अध्यक्ष मनोज समशेर राणा, अन्तराष्ट्रिय सफ्ट टेनिस महासंघका बैज्ञानिक रिसर्चका अध्यक्ष डा. ऋषिकेशव विक्रम शाह, अन्तराष्ट्रिय सफ्ट टेनिस महासंघका एन्टीडोपिङ तथा मेडिकल कमिसनका प्रमुख डा. अजयसमशेर राणा, ब्यवस्थापन कमिशनका प्रमुख एवं कोरियन सफ्ट टेनिस संघका उपाध्यक्ष लि ह्युन टेक हुनुहुन्छ ।
महासंघले लाईफटाईम एचिभमेन्ट अवार्डबाट महासंघका महासचिव चोई सियोङ कोनलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा महासंघका अध्यक्ष बिनय विक्रम शाहले विभिन्न ब्यक्तित्वहरुलाई विभिन्न पदमा मनोनयन पनि गर्नुभएको छ ।

नेपाल सफ्ट टेनिस संघका उपाध्यक्ष विकास पाण्डेलाई अन्तराष्ट्रिय महासंघको डेपुटी महासचिव र अम्पायर तथा नियम कमिटिको अध्यक्षमा र सफ्ट टेनिस संघका सदस्य आनन्द प्रसाद श्रेष्ठलाई सदस्य, पूर्व अन्तराष्ट्रिय खेलाडी तथा संघका पूर्व सदस्य एसएसपी अशोक सिंह र पूर्व अन्तर्राष्ट्रिय खेलाडी निरा कायस्थलाई महासंघको निर्देशकमा मनोनयन गर्नुभएको छ ।

यसैगरी महासंघले प्रशिक्षक किरणकुमार खड्कालाई महासंघको निर्देशक, संघका कोषाध्यक्ष संजय नेपाललाई महासंघको निर्देशक तथा अष्ट्रेलिया र न्यूजिल्याण्डको संयोजक, नारायण प्रसाद जोशीलाई महासंघको निर्देशक एवं जापानको संयोजक तथा सहप्राध्यापक सिद्धार्थराज पाण्डेलाई निर्देशक तथा कोरियाको संयोजकमा मनोनयन गरिएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघबाट प्राप्त खेलकुद सामाग्री महासंघका महासचिव चोई सियोङ कोन र उपाध्यक्ष लि ह्युन टेकले मन्त्री गहतराजलाई र मन्त्रीले संघका उपाध्यक्ष विकास पाण्डेलाई हस्तान्तरण गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?