logo
२०८२ श्रावण २८ मंगलवार



ब्याडमिन्टनकाे पुरुष एकलमा दिवश र पूर्ण अन्तिम १६ मा

खेलकुद |


ब्याडमिन्टनकाे पुरुष एकलमा   दिवश र पूर्ण अन्तिम १६ मा


काठमाडौँ, फाल्गुन ५ गते । नेपाली सेनाका दिवश शंकर र नेपाल प्रहरीका पूर्णहादुर थापा लिनिङ ११औँ पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम १६ मा प्रवेश गर्नुभएको छ ।

बिहीबार भएको खेलमा दिवशले नखिपोटका मिलन राईलाई २१–६, २१–१३ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाउनुभएको हो । पूर्णले चितवनका टेकप्रसाद पौडेललाई २१–९, २१–१६ ले पराजित गर्नुभयो ।

सेनाका बिवेक चौधरी र ललितपुरका निखिल भट्ट, साईनोका राजु थापा, सेनाका आयुश्मान नागरी, सेनाका हिमाल चन्द, कास्कीका बिधान अधिकारी, फिदरका क्षितिज खनाल, सेनाका डेभिड थापामगर, साईनोका सुजन थापा, सिल्क ग्रुपका कविर केसी, नेपाल पुलिसका हिरा राई र मोरङका भोजबहादुर गुरुङ पनि अन्तिम १६ मा प्रवेश गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?