logo
२०८१ मंसिर ७ शुक्रवार



एपीएफका दिपेश र विजितको जोडी सेमिफाइनलमा

खेलकुद |


एपीएफका दिपेश र विजितको जोडी सेमिफाइनलमा


काठमाडौँ, फाल्गुन ७ गते । एपीएफका दिपेश धामी र विजित थापामगरको जोडी लिनिङ ११औँ पुष्पलाल स्मृती ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउनुभएको छ । धामी र मगरको जोडीले सेनाका नविन श्रेष्ठ र प्रफुल महर्जनको जोडीलाई २१–१६, २१–१० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउनुभएको हो ।

अर्को खेलमा कास्कीका बिधान अधिकारी र भुवन गुरुङको जोडीले पुलिसका बिष्णु कटुवाल र अनिष श्रेष्ठको जोडीलाई २१–१५, २१–१३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउनुभएको छ । अर्को खेलमा पुलिसका जीवन आचार्य र सुनिल जोशीको जोडीले बाँकेका इरफान अन्सारी र धातुका सुदीप सेढाईलाई २१–१५, १७–२१, २१–१३ ले तथा सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडीले ललितपुरका सशिन डंगोल र सुमित महर्जनको जोडीलाई २१–१७, २१–१६ ले पराजित गर्दै सेमिफाइनलमा पुग्नुभएको छ ।

प्रतियोगिताको पुरुष एकलमा सेनाका दिवश शंकरले सेनाका बिवेक चौधरीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्नुभएको छ । शंकरले चौधरीलाई १८–२१, २१–८, २१–११ ले पराजित गर्नुभएको हो । अर्को खेलमा सेनाका पविन लिनथेपले सेनाकै आयुश्मान नागरीलाई २१–१२, २१–१९ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्नुभएको छ । महिला एकलमा एनआरएनकी सानिया चन्द, पाल्पाकी दिया शाक्य र कैलालीकी एनिला सुनार सेमिफाइनलमा पुग्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?