logo
२०८१ मंसिर ७ शुक्रवार



किसुनजी स्मृति हाफ म्याराथन चैतमा

खेलकुद |


किसुनजी स्मृति हाफ म्याराथन चैतमा


काठमाडौँ, फाल्गुन ९ गते । दोस्रो संस्करणको किसुनजी स्मृति खुला हाफ म्याराथन चैत १९ गते हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको आयोजनामा काठमाडौँमा हुने म्याराथनमा राष्ट्रियदेखि सबै स्तरका खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित म्याराथनलाई नेपाल एथलेटिक्स संघले प्राविधिक सहयोग गर्नेछ । देशभर रहेका एथलेटिक्सका प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने, भाईचारा र आपसी सहयोगको सम्वन्धलाई अझ प्रगाढ बनाउने तथा खेलकुदलाई ब्यावसायिकरण गर्ने उद्येश्यले प्रतियोगितालाई निरन्तरता दिईएको आयोजकले जानएको छ ।

प्रतियोगिताको विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । पुरस्कार रकम अघिल्लो बर्षको तुलनामा दोब्बर भएको पनि गुरुङले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा एथलेटिक्स संघका सचिव एवं प्राविधिक आर.के. बिष्टले हाफ म्याराथनलाई निरन्तरता प्रदान गर्न प्रतियोगिता महत्वपूर्ण भएको बताउनुभयो ।

म्याराथन गोल्फुटार बास्केटबल कोर्टबाट सुरु भई धुम्बाराही चोक, सुकेधारा, चावहिल, जयबागेश्वरी, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, हात्तीसार, जयनेपाल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानिपोखरी, नारायणगोपाल चोक, गोल्फुटार, नारायणथान हुँदै पुन गोल्फुटार बास्केटबल कोर्टमै पुगेर सकिने बताईएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?